भुजहवा नाकाबाट ४ जना महिलालाई उद्धार


रामकरन हरिजन /परासी
पश्चिम नवलपरासीको भुजहवा नाकाबाट भारततर्फ लैजादै गरेको अवस्थामा ४ जना महिलालाई शस्त्र प्रहरी बलले उद्धार गरेको छ ।



शुक्रवार सरावल गाउंपालीका वडा नं ७ स्थित भुजहवा नाकाबाट ४ जना महिलाहरुलाई ४ जना पुरुषहरु संगै भारततर्फ लैजादै गरेको अवस्थामा शस्त्र प्रहरीबल नेपालको टोली र भारती शस्त्र सिमा बलको समन्वयमा र सहयोगमा महिलाहरु संग आवश्यक सोधपुछ गर्दा बेचबिखन गर्नको लगिरहेको आशंका लागि नियन्त्रणमा लिई उद्धार गरेको शस्त्र प्रहरी बल बेलासपुरका सुचना अधिकारी केशव राज थापाले बताए ।

थापाका अनुसार ४ जना पुरुषहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ उद्धार गरीएको युवतीहरुलाई आवश्यक ब्यवस्थापनको लागि माईती नेपाल समेतको समन्वयमा एवम् सहकार्यमा नेपाल प्रहरीको ईलाका प्रहरी कार्यालय महेशपुरको जिम्मा लगाईएको छ ।



सम्बन्धित
Loading...