नवलपुरः मिलले हात छिनाइ घाइते



रामकुमार श्रेष्ठ —

नवलपुर । पूर्वी नवलपरासीमा तेल मिलमा तोरी पेल्ने क्रममा मेसिन भित्र हात पर्न जाँदा एक जनाको हात काटिएको छ ।



इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैडाकोट नगरपालिका १२ निवासी २५ बर्षीय रन्जित केसीको आफ्नै घरमा सञ्चालनमा रहेको आशा राइइ मिलमा तोरी पेल्ने क्रममा हात छिनिएको हो ।

उनले तेल मिलमा तोरी पेल्ने क्रममा मेसिन हात काटिएको र उनको नयाँ मेडिकल कलेज चितवनमा उपचार पश्चात थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रहरीले उनको अवस्था मध्यम रहेको अस्पताललाई उद्दृत गर्दै जनाएको छ ।

नवलपरासीः हाइसबाट झरी जंगलतर्फ गएका यात्रु जंगलमै वेपत्ता

नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेमा खाना खुवाउनका लागि हाइस रोकेको अवस्थामा जंगलतर्फ गएको १ जना यात्रु जंगलमै वेपत्ता भएका छन् ।

इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार पश्चिम (बुटवल) बाट पूर्व (काठमाण्डौ) तर्फ आउँदै गरेको बा ५ ख ६८०१ नं.को हाईसमा सवार काभ्रे जिल्लाका ३५ बर्षीया प्रविण तामाङ्ग वेपत्ता भएका हुन् ।
तामाङ जङ्गल तर्फ गई नफर्किएको भनि उक्त हाईसको चालकले प्रहरी चौकी दाउन्नेलाई खबर गरे पछि खोजी गरिएको र उनको अवस्था अझैसम्म पत्ता नलागेका प्रहरीले जनाएको छ ।

नवलपुरको जंगलमा पुरुषको शव फेला

नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ६ ठट्टेखोला स्थित सिमल रुखको फेदमा एक जना पुरुषको शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय त्रिवेणीका अनुसार विनयी त्रिवेणी ६ ठट्टेखोला स्थित रहेको सिमलको रुखको फेदको झाडी भित्र नाम थर वतन नखुलेको अन्दाजी बर्ष ४०/४५ को पुरुष ब्यक्तिको शव उत्तानो अवस्थामा फेला परेको हो ।

मृतकको शव मुचुल्का पश्चात मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पोष्टमार्टमका लागि पठाइएको र हालसम्म सनाखत नभएको प्रहरीले जनाएको छ ।


सम्बन्धित
Loading...