नवलपुरः रुखको हाँगाले लागेर वडा सदस्य घाइते

नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १५ का वडा सदस्य ३० बर्षीय खड्कबहादुर चौधरी रुखको हाँगाले लागेर घाइते भएका छन् ।
प्रहरी चौकी तम्सरियाका अनुसार मध्यबिन्दु नगरपालिका १५ पर्सौनीमा भित्री सडक खण्ड मर्मत गर्दै गरेको अवस्थामा लु ३ ख ३९०३ नं.को ट्रिपरले मिस्कट (ग्राबेल) झार्ने क्रममा बाटो छेउमा रहेको बकैनाको रुखको हाँगा भाचिन गई उक्त बाटो मर्मत कार्यको अनुगमन गरिरहेका वडा सदस्य चौधरी घाइते भएका हुन् ।
घाईतेको टाउकोमा चोट लागेको अवस्था मध्यम रहेको र उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा सामान्य उपचार पश्चात थप उपचारको लागि भरतपुरतर्फ रिफर गरिएको प्रहरीले जनाएको छ ।
टिप्पर प्रहरीको नियन्त्रणमा रहेको छ । घाइतेको नयाँ मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ ।