नवलपुरः लागुऔषध सहित ४ जना पक्राउ


रामकुमार श्रेष्ठ –



नवलपुर । पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती नगरपालिका १६ चालिस किलो जंगलमा चेकिङ टोलीले पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ना ८ ख ४४८२ नं.को बस रोकी चेकजांच गर्ने क्रममा १ जनालाई लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।




प्रहरीले बसमा सवार जिल्ला महाराजगंज नौतनुवा बजार १ उत्तर पर्देश भारत बस्ने वर्ष १९ को सुमित जयसवाललाई पक्राउ गरेको हो ।

उनको साथबाट नुर्फिन १०० एम्पुल, फेनारागन १०० एम्पुल, डाइजापाम १०० एम्पुल गरी जम्मा ३०० एम्पुल लागुऔषध नियन्त्रणमा लिएको जनाएको छ ।

त्यसैगरी पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ त्रिवेणीबाट ३ जनालाई लागुऔषध सहित नियन्त्रणमा लिएको छ ।

नेपाल भारत सिमा नाँका ब्यारेज पुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा भारतको बिहार बाल्मिकिनगर बजारबाट नेपालतर्फ आउदै गरेका पैदलयात्री ३ जनालाई लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।

प्रहरीले पश्चिम नवलपरासीको सरावल गाउँपालिका ६ बस्ने वर्ष ४२ को विनोद कहार, वर्ष ३८ को किशोर केवट र वर्दघाट नगरपालिका १३ वस्ने वर्ष ५० को धन बहादर खांणलाई नियन्त्रणमा लिएको हो ।

कहारको अण्डर वेयर भित्र कालो पलाष्टिमा प्रोक्समेड स्पास लेखेको ४८० ट्याप्लेट (खुल्ला) र किशोर केवटले बोकेको गुड च्वाईस लेखेको बोक्ने झोला भित्र कफ सिरफ नामक १०० एमलको २० बोतल लागुऔषध बरामद गरेको हो ।



सम्बन्धित
Loading...