गंगाधाम संरक्षण समिति गठन

कावासाेती –
पूर्बी नवलपरासीकाे पिठाैली स्थित पबित्र नारायणी नदी किनारमा रहेकाे गंगाज्याेति धामकाे शुक्रबार संरक्षण समिति गठन भएकाे छ ।
धामका संरक्षक एवं निर्माणकर्ता पण्डित ज्याेतिलाल बाबाकाे स्वर्गाराेहण पश्चात धाममा निर्मित मन्दिर, यज्ञशाला, बाचनालय तथा स्नानघाटकाे संरक्षणका सहित दैनिक पूजा संचालनार्थ समिति गठन भएकाे हाे ।
स्थानीय तथा छिमेकी वडाका अध्यक्ष, शिक्षक,बुद्दिजीवि,समाज सेबी,तथा दाता महानुभावहरूकाेे उपस्थितिमा बाबाका परिवार जन सहितकाे भेलाबाट २१ सदस्यीय गंगा धाम संरक्षण समिति गठन भएकाे छ ।
भेलाले पिठाैली क्षेत्रकै गाैरव धार्मिक पर्यटकीय क्षेत्र गंगाधामकाे संरक्षकमा स्थानीय वार्ड कावासाेती १२ का वडाध्यक्ष ध्रुव खनाल (दिपेश)लाई चयन गरेकाे छ ।
गंगाधाम संरक्षणका लागि नव गठित कार्य समितिकाे संयाेजकमा समाज सेबी डिल बहादुर गुरूङ र सह संयाेजकमा कृष्ण प्रसाद काफ्ले रहनु भएकाे छ ।
यसै गरी समिति सदस्यमा चिरञ्जीवी चापागाई,पर्शुराम भुसाल,टक बहादुर खड्का,कृष्णदेबी भण्डारी, हिरा सुनार,मुना भट्टराई,प्रियंका खाेजुवार र धनबिर गुरूङ्ग रहनु भएकाे छ ।
भेलाले धाम संरक्षण सल्लाहकार समितिमा कावासाेती ११ का वडाध्यक्ष शारदा प्रसाद अधिकारी, १३ नम्बर वडाध्यक्ष लाल बहादुर गुरूङ्ग,यज्ञ प्रसाद भट्टराई, चिन्तामणी शर्मा,घनश्याम बगाले,तारक प्रसाद काफ्ले,नन्दराज घले, पदम भट्टराई र जगत बाहदुर गुरूङ्गलाई चयन गरेकाे छ ।
