नवलपुरः कालीगण्डकी कोरिडोर अवरुद्ध, दाउन्नेमा एकतर्फी यातायात सञ्चालन




रामकुमार श्रेष्ठ —

नवलपरासी । लगातारको बर्षाले पूर्वी नवलपरासीको गैडाकोट हुँदै पाल्पाको रामपुर जोड्ने कालीगण्डकी कोरिडोर सडक अवरुद्ध भएको छ । ठाउँठाउँमा पहिरो खसेका कारण हिजो देखि नै उक्त सडक खण्ड अवरुद्ध भएको हो ।




बुलिङटार गाउँपालिका, बौदीकाली गाउँपालिकाको ३/४ ठाउँमा पहिरो खसेर दुईतर्फी नै बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताए ।

यता पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा पनि विहान केही समय दुई तर्फी सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । तथापि अहिले सडक एकतर्फी सञ्चालनमा रहेको छ ।

जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रहरी निरीक्षक प्रदिप थापाका अनुसार दाउन्नेको विश्वकर्मा मन्दिर नजिकै पहिरो खसिरहेको छ भने दाउन्नेमा रुख ढलेर सडक अवरुद्ध भएको हो । पहिरो हटाएको र रुख काटेर सडक एकतर्फी खोलिएको उनले बताए ।



सम्बन्धित
Loading...