नेकपा एमालेका ६ जना उम्मेदवार दर्ता गराए नवलपुरमा उम्मेदवारी दर्ता




रामकुमार श्रेष्ठ –

नवलपुर । पूर्वी नवलपरासीमा नेकपा एमालेका ६ जनाले मंसिर ४ को निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।




संघीय निर्वाचनका लागि नवलपुर १ मा कृष्ण पौडेल र नवलपुर २ मा तिलक महतले उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यसैगरी गण्डकी प्रदेशको प्रदेश सभा सदस्यका लागि नवलपुर १ क बाट रविन्द्र अधिकारी, १ (ख) मा रोशनबहादुर गाहा, २ क मा पद्मा जिसी श्रेष्ठ र २ ख मा लक्ष्मण पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय कावासोतीका अनुसार आइतबार ५ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय राखिएको छ ।



सम्बन्धित
Loading...