पोखरेलको चुनावी अभियानमा राष्ट्रिय खेलाडीहरूको साथ




ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूले आगामी निर्वाचनमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौँ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभाका उम्मेदवार ईश्वर पोखरेललाई साथ दिने घोषणा गरेका छन्।

काठमाडौँको महाराजगञ्जमा आज आयोजित कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू हरि खड्का, राकेश श्रेष्ठ, दीपक तामाङ, कमल तामाङ, सञ्जु महर्जन, अमर लामासहित सय जनाभन्दा बढी खेलाडीहरूले काठमाडौँ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभाका उम्मेदवार ईश्वर पोखरेल, प्रदेश सभा ५ (१) का दीपक निरौला र ५ (२) का नारायण सिलवाललाई साथ दिने घोषणा गरेका हुन् ।




खेलाडीहरूसँग ईश्वर पोखरेल नामक कार्यक्रममा खेलाडीहरूले एमालेको पालामा खेल क्षेत्रमा उल्लेख्य काम भएको भन्दै साथ दिने बताएका थिए । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेसँगै खेलाडीहरूको साथमा रहेको बताए ।



सम्बन्धित
Loading...