नवलपुरमा ५० जना सवार बस दुर्घटना, २३ जना घाइते

रामकुमार श्रेष्ठ –
नवलपरासी, ६ कात्तिक । पूर्वी नवलपरासीमा गएराति काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटनामा परेको छ ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ११ मा ना ७ ख ४१५ नम्बरको बस ब्रेक फेल भई सडकबाट दाहिने साइडमा पल्टन पुगेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
बसमा सवार ५० जना मध्ये २३ जना घाईते भई उपचारको लागी मध्यविन्दु जिल्ला अस्पताल डण्डा पठाइएको र बस चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरु मध्ये गम्भीर घाइते ५ जनलाई थप उपचारका लागि भरतपुर पठाइएको र अन्य घाइतेहरु भने उपचार पश्चात डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाईतेहरुः–
१) जि.कैलाली केलाली गा.पा.–९ बस्ने वर्ष २० को रबी चौधरी–बाँया खुट्टामा चोट–मध्यम ।
२) ऐ.गोदाबरी न.पा।–१ बस्ने वर्ष २१ को राजकुमार चौधरी–दाँया हात र भित्री चोट–मध्यम ।
३) जि.सुर्खेत विरेन्द्रनगर न.पा.१२ बस्ने वर्ष २१ को प्रकाश सुनार–नाकमा चोट–मध्यम ।(रिफर)
४) जि.कैलाली केलाली गा.पा.–९ बस्ने वर्ष २८ को श्याम चौधरी– बाँया खुट्टामा चोट–सामान्य (रिफर)
५) जि.कैलाली केलाली गा.पा.–९ बस्ने वर्ष ३० को समित चौधरी– बाँया हातमा चोट–सामान्य ।
६) जि.दाङ धर्ना गा.पा.–२ बस्ने वर्ष १४ कि पितिजा श्रेष्ठ–दाँया आँखामा चोट–सामान्य ।
७) जि.दाङ धर्ना गा.पा.–२ बस्ने वर्ष ४३ कि तारा श्रेष्ठ–ढाँडमा चोट–सामान्य ।
८) जि.कैलाली फुलबारी गा.पा.–७ बस्ने वर्ष ३४ कि तुलामाया राना मगर– दाँया हातमा चोट–सामान्य ।
९) जि.कन्चनपुर बेलौरी न.पा.–१ बस्ने वर्ष २६ को सुशिल चौधरी–कम्मरमा चोट–सामान्य ।
१०) जि.बर्दिया बारबर्दिया न.पा.–९ बस्ने वर्ष २१ को सिपाहि चौधरी बाँया हातमा चोट–सामान्य ।
११) जि.कन्चनपुर बेलौरी न.पा.–२ बस्ने वर्ष २१ को विरेन्द्र नेपाली– कम्मरमा चोट–सामान्य ।
१२) जि.अछाम ढोकारी गा.पा.–१ बस्ने वर्ष २४ को कुबेरराज उपाध्याय– कम्मरमा चोट–सामान्य ।(रिफर)
१३) जि.कैलाली टिकापुर न.पा.–९ बस्ने वर्ष २० को राहुल साउद– दाँया हात र कम्मरमा चोट–सामान्य ।
१४) जि.दाङ घोराही उ.म.न.पा.–५ बस्ने वर्ष ४४ को विष्णु श्रेष्ठ– दाँया हातमा चोट–सामान्य ।
१५) जि.कैलाली धनगढी उ.म.न.पा.–१३ बस्ने वर्ष २७ को सन्तोष भट्ट– दाँया हातमा चोट– मध्यम ।(रिफर)
१६) ऐ.ऐ.–१ बस्ने वर्ष ६४ को रामचन्द्र जोशी–छातीमा चोट–सामान्य ।
१७) ऐ.ऐ. बस्ने वर्ष ५८ कि निर्मला जोशी– दाँया हातमा चोट–मध्यम ।(रिफर)
१८) जि.अछाम मंगलसेन न.पा.–११ बस्ने वर्ष २१ को सुनिल भण्डारी–बाँया खुट्टामा चोट–सामान्य ।
१९) जि.सुर्खेत विरेन्द्रनगर न.पा.–१२ बस्ने वर्ष २१ को गोबिन्द मगर–शरिर दुखेको–सामान्य ।
२०) जि.कैलाली गौरीगंगा न.पा.–६ बस्ने वर्ष१९ कोसुदिप थापा मगर– शरिर दुखेको–सामान्य ।
२१) जि.कैलाली गौरीगंगा न.पा.–६ बस्ने वर्ष २७ को खगेन्द्र साउद– कम्मरमा चोट–सामान्य ।
२२) ऐ.फुलबारी गा.पा.–१९ बस्ने वर्ष ३० को राजेश चौधरी– शरिर दुखेको–सामान्य ।
२३) जि.मन्चनपुर बेलौरी न.पा.–१ बस्ने वर्ष २७ को जय ब.चौधरी– शरिर दुखेको–सामान्य ।