अवैध लागूऔषध सहित तिन जना पक्राउ

नवलपरासी । नवलपरासी (पूर्व), विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेबाट अवैध लागूऔषध सहित तिन जना पक्राउ परेका छन् । नवलपरासी (पूर्व), विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४८ एम्पुल, फेनारगन ४८ एम्पुल, नुफिन ४८ एम्पुल र नाइट्राभेट २ सय ७४ ट्याबलेट सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका–१७ छोरेपाटन बस्ने २१ वर्षीय बसन्त खड्का, सोही महानगरपालिका विरौटा बस्ने २४ वर्षीय नविन भुजेल र नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका–१३ धतेवा बस्ने २२ वर्षीय मनोज कुमार कामी रहेका छन्।
सोही ठाउँस्थित चेकप्वाइन्टमा खटिएको प्रहरीले लु.१ ख ८५७१ नम्बरको बसमा सवार बसन्त र नविनको साथबाट डाइजेपाम ४३ एम्पुल, नुर्फिन ४३ एम्पुल, फेनारगन ४३ एम्पुल र लु.२ ख २२७ नम्बरको बसमा सवार मनोज कुमारको साथबाट डाइजेपाम ५ एम्पुल, फेनारगन ५ एम्पुल, नुर्फिन ५ एम्पुल तथा नाइट्राभेट २ सय ७४ ट्याबलेट सहित पक्राउ गरेको हो ।