४ लाख बराबरको सडेगलेका माछा बरामद गरी नष्ट


file photo


रामकुमार श्रेष्ठ –

नवलपरासी, ८ कातिक ।




पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले ४ लाख बराबरको अखाद्य माछा बरामद गरी नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार नेपाल भारत सिमावर्ती क्षेत्र रुपेन्देहीको छपियाबाट काठमाडौं लैजादै गरेको सडेगलेका ४ लाख बराबरको भारतीय माछा बरामद गरी नष्ट गरिएको हो ।

लु २ च ६९०३ बोलेरो पिकअपमा ल्याउँदै गरेको २० क्विन्टल माछा कावासोती ८ को वन कार्यालय नजिकैबाट बरामद गरिएको हो ।



सम्बन्धित
Loading...