आज ठूलो एकादशी, कावासोतीमा सार्वजनिक विदा




नवलपुर

आज ठूला एकादशी अर्थात हरिबोधनी एकादशी । आज नवलपुरको कावासोती नगरपालिका भित्र रहेको पिठौली र गुद्रेही ढकाहामा एकादशी मेला लागेको छ ।




यहाँ विहानैदेखि स्नान गर्न आउने भक्तजनहरुको घुइचो लागेको छ । पिठौलमा राष्ट्रिय स्तरका कलाकारहरुको साथमा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको छ भने गुद्रेही ढकाहामा मेला महोत्सवमा राखिने झुला राखिएको छ ।

दुवै मेलामा विहानैदेखि दर्शक र भक्तजनहरुको घुइचो लागेको छ ।

यसैबीच एकादशी मेलालाई लक्षित गरी कावासोती नगरपालिकाले आज सार्वजनिक विदा दिएको छ । नगरपालिकाले सूचना नै जारी गरी विदा दिएको हो ।



सम्बन्धित
Loading...