प्रजातान्त्रिक सेनानी सापकोटाको निधन




कावासोती स्वतन्त्रता सेनानी तथा प्रजातान्त्रिक योद्धा तिलक प्रसाद सापकोटाको ७९ वर्षको उमेरमा निधन भएको छ । सापकोटाको उपचारकोक्रममा सेन्ट्रल अस्पताल चितवनमा निधन भएको हो । लामो समयदेखि श्वास प्रश्वासको समस्याबाट ग्रसीत सापकोटाको उपचारकोक्रममा निधन भएको हो । नेपाली काग्रेसको राजनिति गर्दै आएका सापकोटा त्यागी र निष्ठावान नेताकारुपमा परिचित थिए ।

राजनीतिक अभियोगमा २०४० सालदेखि रुपन्देही, पाल्पासहितका जेलमा ४ वर्ष बन्दी जीवन बिताएका सापकोटा कांग्रेसमा २०१५ सालदेखि सक्रिय रहेका थिए । सापकोटाले जननेता बीपी कोइरालाबाटै कांग्रेसको सदस्यता लिएका थिए ।




सापकोटाले गैंडाकोटमा कालिका संस्कृत विद्यापीठ, कालिका विद्यालय, गैंडाकोट नहर परियोजना, विजय विकास स्रोत केन्द्रको स्थापना गर्नमा अग्रणी भूमिका निभाएका थिए, देवघाट विकास समितिलाई व्यवस्थित र सेवा–सुविधायुक्त बनाउन पहल गरेका थिए ।



सम्बन्धित
Loading...