हाम्राे कसैसंग तालमेल छैनः राप्रपा नवलपुर

नवलपरासी २३ कार्तिक ।
राप्रपा जिल्ला कार्य समिति पूर्वी नवलपरासीले जिल्लामा कुनै पनि दलसंग तालमेल नभएकाे जनाएकाे छ ।
आगामी मंसिर ४ काे निर्वाचनका लागि संघ र प्रदेशका सबै उम्मेदवार घरदैलाेमा रहदै गर्दा एमाले लगायतका केही दलले आंफूहरूलाई राप्रपाकाे समर्थन रहेकाे भनी गरेकाे दुष्प्रचारकाे राप्रपाले बिज्ञप्ती मार्फत भ्रत्सना गरेकाे छ ।
राप्रपा नवलपरासी पूर्वले बुधबार कावासाेतीमा पत्रकार संम्मेलन गरि बिज्ञप्ती सहित साे प्रचारबाजीकाे भ्रत्सना गरेकाे हाे ।
जिल्ला अध्यक्ष बिष्णु प्रसाद अधिकारीले पत्रकारहरू मांझ राप्रपा नवलपरासी पूर्व आफ्नाे नीति,सिद्धान्त र आगामी कार्य याेजना सहित जनताकाे घरदैलाेमा पुगि रहेकाे बताउनु भयाे ।
साथै अधिकारीले जिल्लामा कुनै पनि राजनैतिक दलसंग राप्रपाकाे सहमति, सहकार्य र तालमेल नभएकाे स्पष्ट पार्नु भयाे ।
राप्रपाले जिल्लामा संघ तर्फ क्षेत्र नं. १ मा डा. माेहनी लाल भुसाल र क्षेत्र नं. २ मा जिल्ला अध्यक्ष बिष्णु प्रसाद शर्मा अधिकारीलाई उठाएकाे छ ।
प्रदेश तर्फ १ क,मा सन्ताेष थापा, ख मा रामनाथ उप्रेती २ क,मा नुनबहादुर आले २ ख,मा भाेजबहादुर थापाकाे उम्मेदवारी रहेकाे राप्रपा जिल्ला कार्यालयले जनाएकाे छ ।
