बेलाटारीमा ५ लाख बराबरको अवैध चिनी बराबद

रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरीले ५ लाख बराबरको अवैध चिनी बराबद गरेको छ ।
पश्चिम नवलपरासीको इलाका प्रहरी कार्यालय बेलाटारी, प्रहरी चौकी बसहिया र सशस्त्र प्रहरी वेस क्याम्पस गुठी प्रसौनीबाट खटिएको संयुक्त टोलीको गस्तीले ५ लाख बराबरको चिनी बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
भारतबाट भन्सार छलि ल्याएको चिन प्रहरीले प्रतापपुर गाउँपालिका ५ बेदौली स्थित सडक छेउमा बेवारिसे अवस्थामा बरामद गरेको जनाएको छ ।
५० केजीका १२५ बोरा अर्थात अन्दाजी ५ लाख बराबरको चिनी बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।