महाराजगंजको गैड़ाहवा नमुना मतदान सम्पन्न


महाराजगंज कपिलवस्तु,
जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले महाराजगंज नगरपालिकाको वार्ड नं-२ गैड़ाहवा मा रहेको नेपाल राष्ट्रीय आधारभूत विद्यालयमा गैड़ाहवा मा नमूना मतदान सम्पन्न गरेको छ । जिल्लाका दश वटै नगर पालिका / गाऊँ पालिकामा नमूना मतदान कार्यक्रम सञ्चालन गरिए अनुसार महाराजगंज नगरपालिकामा भएको बताइएको छ ।
मतदानको क्रममा नगरपालिकाको वडा नं-२ गैड़ाहवा स्थित नेपाल राष्ट्रीय आधारभूत विद्यालयको छेउछाउमा प्रहरीहरू राखिएका थिए । प्रहरीहरूले सुरक्षाको व्यवस्था मिलाएका थिए । मतदान प्रक्रिया जसरी सञ्चालन हुन्छ, सोहीअनुसारका सबै प्रक्रिया पूरा गरी नमूना मतदान गरिएको थियो। बीचभागमा मतपत्र खसाल्नको लागि बाकस थियो। लाइनमा केही मानिसहरूलाई राखेर मतदान गर्न लगाइएको थियो । पालैपालो उनीहरूले डोरी टाँगिएको लाइनको घेराबाट गएर मतपेटिकामा मत खसालेका थिए ।



नमुना मतदानमा मतदान कसरी गरिन्छ भन्ने समेत जानकारी गराइएको थियो । उक्त कार्यक्रममा मतदान प्रक्रियाको लागि लगभग २३/२७ जना गरी ५० जना महिला र पुरुष गरी सहभागी भएका थिए। मतदाताले विभिन्न चारवटा मतपत्रमा आफूले रोजेको चिन्हमा छाप लगाएर मतदान गरेका थिए ।

मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनावचिन्हमा मत दिन सिकाइएको थियो। मत बदर नहुने गरी मतपत्र पट्याउन समेत सिकाइएको थियो । यसैगरी निर्वाचनको क्रममा हुने समस्या र समाधानको उपायबारे समेत जानकारी दिनुका साथै अभ्यास गराइएको थियो ।




नमूना मतदान कार्यक्रममा महाराजगंज नगरपालिका शिक्षा शाखा नि.प्रमुख रोशन राज घिमरे , जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका पदाधिकारीहरू, ई.प्र.क महाराजगंज का प्रहरी प्रमुख हरि प्रसाद बीस्ट, हरदौना सुरक्षा निकाय, महाराजगंज शास्त्र प्रहरी बल (APF) निकाय, म्यादी प्रहरी, सञ्चारकर्मी लगायत स्थानीयको उपस्थिति थियो। स्थानीय चुनाव र अहिलेको मतपत्र फरक भएको र बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान कार्यक्रम गरिएको निर्वाचन कार्यालय ले जनाएको छ।



सम्बन्धित
Loading...