नवलपुरमा सवारी दुर्घटनामा १ जना बालककाे मृत्यु




रामकुमार श्रेष्ठ –
पूर्वी नवलपरासीमा आज भएकाे सवारी दुर्घटनामा परी १ जना बालककाे निधन भएकाे छ ।

नवलपुरकाे हुप्सेकोट गाउँपालिका वडा नं.३ गिरुबारी बजार स्थित भित्री सडकखण्डमा उत्तर बाट दक्षिण तर्फ जादै गरेको प्रदेश०२-०३-००१ त ६५५ नं.को ट्र्याक्टरले साईकल यात्री स्थानीय अर्जुन कुमालको छोरा बर्ष १० को पिउस कुमाललाई ठक्कर दिएकाे नवलपुर प्रहरीले जनाएकाे छ ।




दुर्घटनामा परी घाईते बालककाे उपचारको लागी मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएकाे छ ।

ठक्कर दिने ट्र्याक्टर र ट्याक्टर चालक प्रहरी चौकि हुप्सेकोटकाे नियन्त्रणमा रहेकाे छ ।



सम्बन्धित
Loading...