स्वरूप फेर्दै नवलपुरको प्रहरी परिसर




घनश्याम बगाले –
नवलपरासी – झण्डै ५ दशक पार गर्न थालेको स्थानीय प्रहरी परिसर एकाएक फेरिएको छ । यसरी स्वरूप फेर्ने प्रहरी परिसर हो, जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी ।

अहिले कार्यलय परिसर सफा पार्ने काम भईरहेको जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरिक्षक भूवनेश्वर तिवारीले बताए। २०३० को सेरोफेरोमा स्थापना भएको कावासोती थानाले समयक्रममा ईप्रका नवलपुर हुँदै जिप्रका नवलपरासी बर्दघाट सुस्ता पूर्वको नाम पाएको छ ।
स्थापना कालमा माटो र ईटाको गाह्रोमा कडिपाटन गरी बनेको प्रहरी थाना जीर्ण भए पछि पुनः यहाँ आधा दर्जन जति नयाँ भवन बनेका छन् ।




तर नयाँ भवन वरपर रहेका पुराना खाल्डा र रछ्यानमा भरिएका फोहर ज्यूँकातिउ रहदा जिल्ला प्रहरी कार्यालय परिसर अब्यवस्थित देखिन्थ्यो ।

सफाईका क्रममा यहाँ जम्मा भएका करिव १० टिप्पर बढी फोहर बाहिर लगेर फालिएको तिवारीले बताए ।

तिवारीका अनुसार फोहर बिस्थापन गरि सफा पारिएका खाली ठाउमा फलफूल,तरकारी र फूलका बगैँचा लगाईएको छ ।
त्यसै गरि पुराना ढिस्का र टुटेफुटेका कंक्रिट हटाउदै त्यस ठाउमा माटो भरेर सम्याउने काम भएको छ ।

केही मिल्दा ठाउँमा प्रहरी खेलाडीका लागि अभ्यास गर्न खेलस्थल पनि निर्माण गरिएको छ ।

त्यसै गरि कार्यालय हाता भित्र विभिन्न समयमा बरामद गरीएका बेवारिसे तथा पत्रु साईकल,मोटर साईकल लगायतका सवारी साधनको बर्गिकरण गरिएको छ ।

कतिपय कामै नलाग्ने तथा जीर्ण भएका सवारी साधन कानुनी प्रकृया पुर्‍याई हटाउने तयारी भईरहेको प्रनाउ तिवारीले बताए ।
प्रहरीले जिल्ला कार्यालय अतिरिक्त ईप्रका गैडाकोट, दुम्किबास लगायतका मातहत कार्यालयमा पनि सफाई अभियान चलाएको छ ।

बुटवलतर्फ जाँदा नारायणी पुल तर्ने बित्तिकै राजमार्ग छेउको ईप्रका गैडाकोट उत्तरी परिसर पनि अहिले सफा पारिएको छ ।

स्वच्छ सफा हराभरा नवलपुर बनाउने स्थानीयको चाहनालाई जिप्रका नवलपरासी पूर्वले सुरूवात गरेको कार्यालय परिसर सरसफाई कार्यक्रम प्रसंसनीय बनेको छ ।



सम्बन्धित
Loading...