चितवनमा उम्मेदवारको गाडीमा आगो लगाइयो




भरतपुर ।
चितवनमा उम्मेदवारको गाडीमा आगलागी भएको छ। 
मास्क लगाई मोटरसाइकल चढेर आएका २ जना अपरिचित युवकहरुले चितवन क्षेत्र नम्बर ३ (ख)का प्रदेशसभा उम्मेदवार ठाकुर प्रसाद ढकालले निर्वाचनको समयमा प्रयोग गर्दै आएको चुनाबी प्रचार गाडीमा आगजनी गरेका हुन् ।
बिहान ६ बजे घर अगाडि पार्किङमा राखिएको
बागमती प्रदेश ०६ ००१ य ०००१ नम्बरको स्कोर्पियो गाडीमा पेट्रोल छर्किएर उनिहरु आगो लगाई भागेका थिए ।
आगो लागेको थाहा पाएलगत्तै घरमै जोडिएको पानी तान्ने मोटरबाट आगो निभाइएको र ठुलो क्षती हुन नपाएको उम्मेदवार ढकालले बताए ।
ढकाल लोकतान्त्रिक बाम गठबन्धन अन्तरगत नेकपा (माओवादी केन्द्र)बाट चितवन ३(ख) का प्रदेशसभा उम्मेदवार हुन।

हिजो बुधबार पनि चितवनमा गठबन्धनबाट कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका उमेश श्रेष्ठको गाडीमा तोडफोड भएको थियो ।
स्वास्थ्य राज्यमन्त्रीसमेत रहेका श्रेष्ठको गाडी चुनावी प्रचारमा रहेको वेला भरतपुर महानगरपालिका- १० पुरानो मेडिकल कलेजनजिक रेडक्रसचोकमा रहेको बा.३ च २०५० नम्बरको गाडी निर्वाचन बहिष्कार गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले तोडफोड गरेका थिए ।




यस्तै आइतबार चितवनमै  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रचारप्रसारमा हिँडेको गाडीमा पनि तोडफोड भएको थियो। 

इच्छाकामना गाउँपालिका– ४ लेवाटारमा चुनावी प्रचारमा रहेका गठबन्धनका कार्यकर्ताले स्वतन्त्र पार्टीका कार्यकर्ता सवार उक्त गाडीमा तोडफोड गरेको बताइएको थियो।



सम्बन्धित
Loading...