पश्चिम नवलपरासीमा २ वटा मतदान केन्द्रमा कर्मचारीदेखि सुरक्षाकर्मी सबै महिला




रामकुमार श्रेष्ठ –

नवलपरासी, १ मंसिर । पश्चिम नवलपरासीमा २ वटा मतदान केन्द्रमा सुरक्षाकर्मीदेखि कर्मचारी सबै महिला खटाइएको छ ।




रामग्राम नगरपालिका १ मा रहेको सयपत्री बोर्डिङ्ग स्कूलको क र ख दुवै मतदान केन्द्रमा कर्मचारीदेखि सुरक्षाकर्मी सबै महिला खटाइएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए ।

पोख्रेलले भने – नमुना मतदान केन्द्रको रुपमा दुई वटा मतदान केन्द्रमा कर्मचारीदेखि सुरक्षाकर्मी सबै महिला खटाइएको छ ।
त्यसैगरी पोख्रेलका अनुसार पश्चिम नवलपरासीमा अहिलेसम्म शान्तिपूर्ण अवस्थामा निर्वाचन सम्बन्धि तयारी अगाडि बढेको छ ।



सम्बन्धित
Loading...