नवलपुर २ क अपडेटः गठबन्धनलाई पछाडि पार्दै एमालेको अग्रता




रामकुमार श्रेष्ठ – 

नवलपरासी, ५ मंसिर । पूर्वी नवलपरासीको प्रदेश सभा सदस्यतर्फको क्षेत्र नं. २ क को पछिल्लो मत परिणाम अनुसार गठबन्धनका उम्मेदवारलाई पछाडि पार्दै नेकपा एमालेकी पद्मा जिसी श्रेष्ठले अग्रता कायम गरेकी छन् ।




प्रदेश सभा २ क मा भने बौदीकाली १ र ३ को मत गणना गरिएको छ ।

 

दुवै वडाको मत १९ सय २६ मत गणना सकिदा नेकपा एमालेकी पदमा जिसी श्रेष्ठ ९७८ मत प्राप्त गर्दै अग्रता कायम गरेकी छन् भने गठबन्धनबाट माओवादी केन्द्रका सोम श्रीपालीले ६७८ मत प्राप्त गरेका छन् ।

राप्रपाका नुनबहादुर आलेले ३२ मत प्राप्त गरेका छन् भने यहाँ १९ सय २६ मत गन्दा ७९ मत बदर भएको छ ।



सम्बन्धित
Loading...