गण्डकी प्रदेशः नवलपुर १ क मा काँग्रेसको जिसीको अग्रता




रामकुमार श्रेष्ठ –

नवलपरासी । पूर्वी नवलपरासीको गण्डकी प्रदेश सभा सदस्यको लागि भएको निर्वाचनको मतगणनाको पछिल्लो मत परिणाम आउँदासम्म गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका महेन्द्रध्वज जिसीले अग्रता लिएका छन् ।

 




९ हजार ७ सय २१ मत गन्दासम्म काँग्रेसका जिसीले ३¬ हजार ९ सय ६६ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा एमालेका रविन्द्र अधिकारीले ३ हजार ३ सय ९९ मत प्राप्त गरेका छन् । यहाँ अहिलेसम्म ३ सय ५२ मत बदर भएको छ ।

 

यहाँ राप्रपाले ११८९, हाम्रो नेपाली पार्टीले ४८४, जनमुक्तिले ८६, काँग्रेस विपीले १८ मत, मंगोल नेशनल अग्रनाइजेशनले ७१ मत, जनता समाजवादी पार्टीले ४३ मत र स्वतन्त्र उम्मेदवार राजेन्द्रप्रसाद उपाध्यायले ११३ मत प्राप्त गरेका छन् ।



सम्बन्धित
Loading...