दुर्घटनामा साइकलयात्रीको मृत्यु


ललितपुर : एकान्तकुनामा गएराति भ्यानको ठक्करबाट साइकलयात्रुको मृत्यु भएको छ। एक पैदलयात्रु घाइते भएका छन्।


बा २१ च १३ ३३ नम्बरको भ्यानले ठक्कर दिँदा साइकलयात्री भारतLय नागरिक ३५ वर्षीय कमरे आलमको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

भ्यानको ठक्करबाट घाइते भएका आलमको उपचारका क्रममा नेपाल मेडिसिटी अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका पैदलयात्रुको उपचार मेडिसिटी अस्पतालमा भइरहेको छ।



सम्बन्धित
Loading...