पश्चिम नवलपरासी २ कः गठबन्धन र एमालेलाई पछार्दै राप्रपा अघिअघि, मधेषी दल पछिपछि

रामकुमार श्रेष्ठ
नवलपरासी । प्रदेश सभा निर्वाचन अन्तरगत पश्चिम नवलपरासी २ क मा गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई पछार्दै राप्रपाका आशिष प्रधान निरन्तर अगाडि बढेका छन् ।
राप्रपाका आशिष प्रधानले ४५८७ मत प्राप्त गरेका छन् भने नागरिक उन्मुक्ति पार्टीका भवानी शंकर चौधरीले २७ सय ३९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी लोसपाका पञ्चराम चौधरीले २०७८ मत, नेकपा एमालेका थान प्रसाद गैरेले १८१६ मत, स्वतन्त्र उम्मेदवार खड्ग बस्नेतले १४०९, गठबन्धनका चिनक कुर्मीले १०२४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी प्रतिनिधि सभाको क्षेत्र नं. २ मा राप्रपाका धु्रबबहादुर प्रधानको अग्रता कायमै रहेको छ ।