कावासोती नगरपालिकामा १२ सय ९३ जनाले बेरोजगार


कावासोती । पुर्वी नवलपरासीको सदरमुकाम मा कावासोति नगरपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत १२ सय भन्दा बढीले बेरोजगार फारम भरेका छन् ।
२०७५ चैत्र मसान्तसम्म १ हजार २ सय ९३ जनाले फारम भरेको नगरपालिकाले जनाएको छ । सबै भन्दा बढी वडा नं. ८ बाट परेको छ । सो वडाबाट २ सय ९२ जनाले फारम भरेका छन् । सबै भन्दा कम ११ नं वडामा ३ जनाले मात्रै फारम भरेका छन ।
वडा नं. १ मा २५ जनाले फारम भरेका छन् भने २ मा ९८ जनाले फारम भरेका छन् । यस्तै, वडा नम्बर ३ मा १३५ को आवेदन परेको छ भने ४ मा ४३ तथा ५ नम्बर वडामा १५ले फारम भरेका छन् ।
यसैगरी, वडा नम्बर ६ मा ८९, वडा नम्बर ७ मा १९६, वडा नम्बर ९ मा २६, वडा नम्बर १० मा ९१, वडा नम्बर १२ मा ५८, १३ मा ३२, १४ मा ५९ जना, वडा नम्बर १५ बाट ४७, वडा नम्बर १६ बाट ३१ जना र वडा नम्बर १७ बाट ५३ जनाले बेरोजगार फारम भरेका छन् ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम चैत्र मसान्तसम्म भनिए पनि नेपाल सरकारको निर्णय अनुसार नै फारम भर्ने अन्तिम म्याद बैशाख मसान्तसम्म थप गरीएको छ । फारम भर्न छुटेकालाई तत्काल भर्नको लागि कावासोति नगरपालिकाले आग्रह गरेको छ ।
यही वैशाख मसान्तसम्म फारम भर्ने समयसीमा रहेको र सरकारले पहिलो पटक ल्याएको कार्यक्रम भएकाले छुटेकालाई आग्रह गरिएको छ ।
एक आर्थिक वर्षमा न्यूनतम सय दिन रोजगारमा संलग्न नभएका परिवार, परिवारका सदस्य कोही पनि रोजगारी नभएका, परिवारका कुनै पनि सदस्य वैदेशिक रोजगारीमा नगएकाले यसका लागि आवेदन फारम भर्न पाउने कानूनी व्यवस्था छ ।
आवेदनका आधारमा आगामी आर्थिक वर्षदेखि लाभग्राही परिचयपत्र प्रदान गरिने छ । उक्त कार्यक्रम गत फागुन १ गते प्रधानमन्त्रीले उद्घाटन गर्नुभएको थियो ।
सूचीमा परेकाले एक सय दिनको काम पाउने र रोजगार नपाएमा निर्वाह भत्ता पाउने व्यवस्था गरिएको छ । यसका लागि बेरोजगार नागरिक सम्बन्धित वडाको वडा कार्यालयमा गएर फारम भर्नुपर्ने ब्यवस्था गरिएको छ ।
रोजगार कार्यक्रममा सूचीकृत भएपछि सरकारी, गैरसरकारी तथा निजी क्षेत्रसँग काममा जोडिने जनाइएको छ ।



सम्बन्धित
Loading...