नवलपुर २ः घटायो एमालेले मत अन्तर, काँग्रेसका कार्की ९९ मतले अगाडि

रामकुमार श्रेष्ठ —
नवलपरासी, ७ मंसिर ।
पूर्वी नवलपरासीको निर्वाचन क्षेत्र नं. २ मा नेपाली काँग्रेसका विष्णु कार्की र नेकपा एमाले तिलक महत बीचको मतअन्तर घटेको छ । मतगणनादेखि अग्रता लिइरहेका कार्कीले बुधबार साँझ ५५ हजार ९ सय ६९ मत गन्दासम्म अग्रता कायमै राखेका छन् ।
कार्की र नेकपा एमालेका तिलक महतबीचको मतअन्तर भने घटको छ । कार्की अगाडि अगाडि रहे पनि एमालेका महतले कार्कीसँगको मत अन्तर घटाउँदै लगेको छ । ८५ हजार ३ सय ९९ मत खसेको नवलपुर २ मा ५५ हजार ९ सय ६९ मत गन्दासम्म कार्की र महतबीच ९९ को मत अन्तर रहेको छ ।
कार्कीले अहिलेसम्म २२ हजार ७ सय २८ मत प्राप्त गरेका छन् भने महतले २२ हजार ६ सय २९ मत प्राप्त गरेका छन् ।