नवलपरासीमा निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सम्मानित


रामकरन हरिजन :
पश्चिम नवलपरासी समन्वय समितीले नव निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरुलाई बधाई तथा शुभकामना ब्यक्त गरेको छ ।
जिल्ला समन्वय समितीले एक कार्यक्रम आयोजना गरी नवलपरासीबाट नव निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा जन प्रतिनिधिहरुलाई माला तथा खादा लगाई शुभकाना सहित सम्मान गरेको छ ।
कार्यक्रम्मा समबोधान गर्दै पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य निर्वाचित जन प्रतिनिहरूले जनताका सेवा तथा विकास कार्यमा पन्छिनु हुदैन हामी जनताले आफनो अमुल्य मत दिएर जनप्रतिनिधि भए पछि पार्टीको कुरा गरेर मात्र हुदैन निष्पक्ष भएर समग्र जनताको सेवा र विकास गर्नु पर्छ ।मतदाताहरूले मत मात्र दिएका छैन्न विकास गर्नको लागि हामीलाई जिमेवारी दिएर भारी बोकाएका छन त्यसले गर्दा जनताका सेवा र विकास गर्नु हाम्रो दायित्व हो र विकास कार्यमा हमी सबै लागेर जोड दिनु पर्ने राप्रपाका उपाध्यक्ष तथा पुर्व आईजिपी ध्रुव बहादुर प्रधान बताए ।
लुम्विनी प्रदेश सभा सदस्य बैजनाथ कलवार ,विश्व प्रेम पाठक, खडक बस्नेत, पाल्हीनन्दन र रामग्रामाको डुबान समस्यालाई पहिलो प्राथमिकतामा रहेको छ बुडनतवापुर नदि सफाईको गर्नको लागि भारतको उतर प्रदेशको प्रमुख जिल्ला अधिकारी सँग कुरा भएको छ । सफा गरेको बालुवा विक्रि गरेपछि सरकारको राज्शव संकलन गर्ने र प्रत्येक वर्ष जनताहरुले मलको समस्या गर्ने छौ ।मतदाता तथा अन्य साथिहरूको सुझाव सल्लाहका साथ दिगो विकास विकास गर्ने छु ।
रामग्रामक नगर उप प्रमुख समझना चारीधरी निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरुलाई शुभकामना तथा बधाई दिदै हामी सबैले हातेमालो गरेर जनताको विकास गर्ने छौ ।
जिल्ला समन्वयका अधिकारी मान बहादुर खडकाले जनताहरूले विश्वासका साथ आफना अमूल्य मत दिएर सेवा गर्न र विकासका लागि जिमेवारी दिएका छन त्यसै अनुसार कार्य हुने विश्वास व्यक्त गर्नु भएको हो ।



सम्बन्धित
Loading...