पश्चिम नवलपरासीको सरावलबाट फरार दुई प्रतिवादी नियन्त्रणमा




पश्चिम नवलपरासीको सरावलबाट फरार दुई प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सवारी ज्यान र बहु बिवाह मुद्धाका फरार प्रतिवादीलार्य नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी भोजराज पाण्डेले जनकारी दिनुभयो ।

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी सरावल गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष ४४ का दिपक चौधरीलाई नियन्त्रणमा लिईएको छ भने उनलाई २०५२ असोज २८ गते १ हजार पाँच सय जरिवाना तोकिएको थियो ।




यस्तै सोही स्थान बस्ने वर्ष ४८ का सुग्रिम प्रसाद चौहनलाई २०६४ असार २१ ग्ते बहु बिवाह मुद्धामा एक हजार जरिवाना तोकिएको थियो ।

फरार रहेका दुबै प्रतिवादीहरुलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि जिल्ला अदालत नवलपरासीमा उपस्थित गराईएको सुचना अधिकारी पाण्डेले बताउनुभयो ।



सम्बन्धित
Loading...