तनहुँमा बस दु’र्घटना हुँदा एकजनाको मृ’त्यु, ११ घाइते


तनहुँमा सवारी दु’र्घटनामा परी एकजनाको मृ’त्यु भएको छ । ११ जना घाइते भएका छन् ।
आँबुखैरनी गाउँपालिका-२ मार्की चोकमा बिहीबार भएको सवारी दु’र्घटनामा स्याङ्जाको हरिनास गाउँपालिका-२ की ५५ वर्षीया लालुमाया थापाको मृ’त्यु भएको प्रहरीले जनाएको छ । उनकाे जिल्ला अस्पताल चितवनमा उपचारको क्रममा मृ’त्यु भएको हो ।



आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको बा३ख २७ १६ नम्बरको माइक्रो बस सोही दिशातर्फ जाँदै गरेको ना७ख २४७८ नम्बरको ट्रकको पछाडि ठोक्किएको थियो ।

घाइतेमध्ये एकजनाको चितवन कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ । अन्य नाैजनाको तनहुँको आँबुखैरेनीस्थित हाडजोर्नी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...