कावासोती खानेपानी अध्यक्षमा आधा दर्जन बढी आकांक्षी

रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीको कावासोती खानेपानीको अध्यक्षमा आधा दर्जन बढीले आकांक्षा देखाएका छन् ।
पटक पटक नेकपा एमालेले अध्यक्ष जितिरहेको कावासोती खानेपानीमा यस पटक नेकपा एमालेबाट मात्रै छ जना आकांक्षी देखिएका छन् ।
नेकपा एमाले स्रोतका अनुसार भीम कंडेल, दीपक लम्साल, अर्जुन श्रेष्ठ, मिनबहादुर लामा लगायत ६ जना आकांक्षी छन् ।
त्यसैगरी नेपाली काँग्रेसबाट शिव भट्टराई आकांक्षी देखिएका छन् । माओवादी केन्द्रले पनि अध्यक्षमा दावी पेश गरेको छ ।
तथापि ठूला दल नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र लगायतले आफ्ना उम्मेदवारको अन्तिम निर्णय भने गरेको छैन ।
विहीबार नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, लगायतका दलहरुले सहमतिका लागि छलफल गरेको भए पनि छलफलबाट सहमति जुट्ने सम्भावना कम रहेको छ ।
कावासोती खानेपानीमा नयाँ नेतृत्व चयनका लागि पुस १० गते उम्मेदवारी दर्ताको लागि मिति तोकिएको छ । पुस १६ गते मतदान हुने भएको छ ।
यस्तो छ निर्वाचन तालिका
