कावासोती खानेपानीमा अध्यक्षमा मात्रै ५ जना उम्मेदवार




नवलपुर ।

कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचनका लागि जम्मा ४२ जनाको उम्मेदवारी परेको छ । १६ गते हुने निर्वाचनको लागि अध्यक्ष पदमा ५ जना, उपाध्यक्षमा ४ जना, सचिवमा ३ जनाको उम्मेदवारी परेको छ ।




जनजाति महिला सदस्यमा तीन जना, दलित महिलामा ३ जना र ६ वटा वडाको सदस्य तर्फ १४ जनाको उम्मेदवारी परेको छ ।

लेखा समिति संयोजकमा ४ जना र लेखा समिति सदस्य पुरुषतर्फ ५ र महिला तर्फ २ जनाको उम्मेदवारी परेको छ ।

अध्यक्षमा खेमानन्द पोख्रेल, शिवप्रसाद भटराई, दीपकराज लम्साल, गंगाधर काफ्ले थमबहादुर गाहाले उम्मेदवारी दिएका छन् ।

उपाध्यक्षमा पुष्पादेवी काफ्ले, विन्दु पराजुली ढकाल, तारादेवी दवाडी पौडेल र पर्वतकुमारी थापाको उम्मेदवारी परेको छ ।

यस्तै, ज्ञानेन्द्र न्यौपाने, श्याम बस्ताकोटी र गोविन्द प्रसाद शर्माले सचिव पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

वडा प्रतिनिधि सदस्यमा हुमनाथ अर्याल, नरबहादुर गाहा मगर, आत्माराम चापागाई, रामप्रसाद न्यौपाने, विनय अधिकारी, प्रकाश भण्डारी, गोमा कुमारी नेपाली , रेशमलाल चापागाई, चण्डीकाप्रसाद लामिछाने, विष्णु प्रसाद पाख्रेल, हुमा गिरी निम प्रसाद पाण्डे, फणेन्द्र बहादुर थापा मगर, मिन बहादुर सारुको उम्मेदवारी रहेको छ ।

जनजाति महिला सदस्यतर्फ जनकासी गुरुङ, मीना कुमारी राना र खगीसरा गाहा मगरले उम्मेदवारी दिएका छन् भने दलित महिला सदस्यमा विर्सना सुनार र राज कुमारी विकको उम्मेदवारी परेको छ ।

लेखा संयोजकमा दिपेन्द्र न्यौपाने, अर्जुन कुमार श्रेष्ठ, देवीलाल पाध्या र तिल बहादुर भण्डारी तथा सदस्यमा यात्माराम सुवेदी, हेमराज गैरे, तुलसीराम न्यौपाने, दिपेन्द्र राना र डोलराज काफ्लेको उम्मेदवारी रहेको छ भने लेखाकै महिला सदस्यमा नारायाणी न्यौपाने र हरिकला ढकालले उम्मेदवारी दिएका छन् ।

मनोनयन फिर्ता अवधिकोसमय मंगलवारसम्म रहेको छ ।

यहाँ एमाले, माओवादी केन्द्र र राप्रपा एकातिर छ भने नेपाली काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा गठबन्धन बनेको छ भने हाम्रो नेपाली पार्टी, जनमुक्ति पार्टी लगायतका पार्टीले पनि उम्मेदरवारी दिएको छ ।



सम्बन्धित
Loading...