क्रान्तिकारी पत्रकार महासंघ प्रदेश ५ काे भेला सम्पन्न, पाण्डेकाे नेतृत्वमा १५ सदस्यीय कमिटि गठन
ईश्वरीप्रसाद गैरे
दाङ । क्रान्तिकारी पत्रकार महासंघ प्रदेश ५ काे भेला दाङकाे भालुवाङमा भएकाे छ ।
भेलाले रवि पाण्डेकाे संयाेजकत्वमा १५ सदस्यीय सम्मेलन अायाेजक कमिटि गरेकाे छ ।
जसकाे सदस्यहरूमा दामाेदर खनाल (अर्घाखाँची), टेकबहादुर मास्की राना (रूपन्देही), शुशिला अाचार्य (दाङ), केशव अविरल (गुल्मी), ईश्वरी गैरे (दाङ), विमल अाचार्य (कपिलवस्तु), अायुष न्याैपाने (बर्दिया), मानबहादुर कुँवर (रूपन्देही), भरत शाही (बाँके), दिनेश श्रीवास्तव (बाँके) लगायत रहेका छन् ।
भेला दामाेदर खनालकाे अध्यक्षतामा र रवि पाण्डेकाे सञ्चालनमा भएकाे थियाे।
भेलामा जनपक्षीय पत्रकारिताकाे पक्षमा निरन्तर कलम चलाए बापत सुनवलका अग्रज पत्रकार प्रेम रिमाललाई सम्मान गरिएकाे थियाे ।
कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष ईन्द्र राउत, क्रान्तिकारी पत्रकारका संस्थापक हिरामणि दुखी, सचिव रामकुमार श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए।