२ लाख बढीको अवैध चिनी र मल बरामद




रामकुमार श्रेष्ठ —

नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरी सोमबार २ लाख बढीको अवैध चिनी र मल बरामद गरेको छ ।




इलाका प्रहरी कार्यालय महेषपुर, इलाका प्रहरी कार्यालय सेमरी र भन्सार कार्यालय महेषपुरको टोलीले बर्दघाटबाट अवैध चिनी र मल बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेका अनुसार विषेस सूचनाको आधारमा बर्दघाट नगरपालिका १३ धनेवाका पिताम्बर पौडेलको खाली गोठमा भण्डार गरी राखेको १ लाख बढीको ३३ बोरा चिनी, ३१ हजार बढीको ३८ बोरा डिएपी मल र १ लाख बढीको १ सय २१ बोरा युरिया मल बलामद गरेको हो ।

बरामद मल र चिनी आवश्यक कारवाहीको लागि महेषपुर भन्सार कार्यालयमा राखिएको छ । मानिस भने पक्राउ नपरेको प्रहरीले जनाएको छ ।

विल विजक नभेटिएको र भन्सार तिरेको रसिद समेत नभेटिएको कारण बरामद गरिएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...