महेशपुर नाकाबाट भारतीय पर्यटकका अवलोकन




रामकरन हरिजन —

नवलपरासी १८ पुस —




पश्चिम नवलपरासीको महेशपुर नाकाबाट भारतीय पर्यटकहरुले नेपाल अवलोकन गरेका छन ।

छिमेकी राष्ट्र भारतका विभिन्न स्थानबाट नेपाल अवलोकनका लागि महेशपुर भन्सार कार्यालयबाट नेपालका विभिन्न पर्यटकिय स्थालहरु भारतीय पर्यटकहरुले नेपाल अवलोकन गरेका छन महेशपुरका स्थानिय लक्ष्मी हरिजनले बताए ।

हरिजनका अनुसार छिमेकी राष्ट्र भारतका विभिन्न स्थानबाट दैनिक दुई सय भन्दा बढी भारतीय पर्यटकहरु नेपाल अवलोकन गर्न महेशपुर भन्सार कार्यालय प्रयोग गरेका छन ।

भारतका नयां वर्षका दिन मात्र हजार भन्दा बढी सवारीमा भारतीय पर्यटकहरु नेपालका त्रिवेणी सिसमहल दाउन्ने देवी मन्दिर काठमाण्डौ पशपतीनाथ पोखरा फेवाताल चितवन राष्टिय निकुन्ज सिजीटेम्पल बुटवल फुलवारी लुम्विनी बौद्ध स्थल लगायतका नेपालका विभिन्न स्थानमा अवलोकन गर्न गएका छन ।

हिजो २ सय वटा कार र १ सय ७० वटा भारतीय मोटरसाईकल भारतीय पर्यटकहरुले अस्थाई पैठारी गरेर नेपाल अवलोकन गर्न गएको महेशपुर भन्सार कार्यालयले जनाएको छ ।



सम्बन्धित
Loading...