नवलपरासीका लघुवित्त ऋणीहरु आन्दोलित




गोपी ज्ञवाली —

नवलपरासी, पुस २५ गते । पश्चिम नवलपरासीमा रहेका लघुवित्त संस्थाहरुले ग्रामिण क्षेत्रका महिलाहरुको समुहलाई प्रताडित गरेको भन्दै लघुवित्त संस्थाका रिणीहरु अहिले आन्दोलित बनेका छन ।




वित्तनिती विपरित लघुवित्त संस्थाहरुले मनपरी ब्याज लगाएको, रिणीहरुलाई दिनु पर्ने तालिम एवं आर्थिक सचेतनाका कार्यक्रम नगरी सो कार्यक्रममा पैसा लघुवित्त संस्थाका कर्मचारीहरुले आर्थिक हिनाविना गरेको, लघुवित्त संस्थाका कर्मचारीहरुले रिण समुहका महिलाहरुलाई निती विपरित रिणमा फसाई राखेका कारण रिणीहरुले आत्महत्या सम्म गर्न बाध्य बनाएको लगाएतका विषयलाई उठाएर लघुवित्त संस्था संस्था विरुद्ध रिणीहरु आन्दोलित बनेको लघुवित्त संस्था विरुद्धको सघर्ष समितीका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीले बताउनु भयो ।

लघुवित्त संस्था विरुद्धको सघर्ष समिती नवलपरासीकी अध्यक्ष गिता खाँडको अध्यक्षतामा आईतवार सुनवल नगरपालीको भुमुहीमा भएको विरोध सभामा बोल्दै अध्यक्ष ज्ञवालीले सो कुरा बताउनु भएको हो । विरोध सभामा बोल्ने क्रममा रिणीहरुले सरकारी स्तरमा वित्त नितीमा परवर्तन गर्नु पर्ने, लघुवित्त संस्थाको खारेजी हुनु पर्ने, सामुहिक रिण मिनाहा हुनु पर्ने, आम गरिब किसानलाई सरकारले निशुल्क रिण प्रदान गर्नु पर्ने, आवश्यकता र क्षमताका आधारमा काम र दामको ब्यवस्था गर्नु पर्ने एव समाजवादी अर्थतन्त्रको विकास गर्नु पर्ने लगाएतका माँग राखेका छन ।

देशै भरि लघुवित्त संस्थाविरुद्ध आन्दोलन शुरु भएको र यस क्रममा पहिलो ११ महिना देखी आन्दोलन शुरु भए पछि रिणीहरुले लघुवित्त संस्थालाइ दिनु पर्ने सावा ब्याज सबै रकम नतीर्ने भन्दै ब्याज समेत रोकेका छन । पश्चिम नवलपरासी जिल्लामा लघुवित्त संस्था द्धारा प्रताडित भएका १ हजार भन्दा बडि संख्यामा पिडित रिणीहरु रहेका छन ।

नवप्रतिभा लघुवित ऋण दिएर मानसिक तानव दिए पछि पांच जना महिला र एक जना पुरुष सीता श्रेपाली ज्योती वि⋅ क⋅ सविना वि क रामु वि⋅ क⋅ खिम माया वि⋅ क⋅र पदमा अर्याल बेपत्ता रहेको राष्टिय लघुवित संघर्ष समितीका सचिव सलिना श्रेपालीले पत्रकार सम्मेलनमा कार्यक्रममा बताईन ।

काम नपाएर बेरोजगार भएर बसेका छौ भनेपछि तपाई जहांबाट भए पनि पैसा लिएर आउनु मिसन बैंकका कर्मचारीहरुले भनेका छन सुनवल नगरपालीका वडा नं १२ की विश्व माया वि⋅क⋅ले कार्यक्रम्मा बताईन ।

उनले भने तपाई आत्म हत्या गरे पनि हामीलाई केही मतलब छैन ऋण लिएको पैसा जहांबाट भए पनि तिर्न पर्यो भने पछि रोजगारको शिलशिलमा भारत गए त्यहां पनि काम नपाएर पुन घरमा फर्के बैंकको अपिस समय पांच बजे सम्म मात्र हो तर ८ बजे राती पनि कर्मचारीहरुले घरमा आएर पैसा माग्छन बैंककै ऋण तिर्नको लागि श्रीमानलाई बैदेशिक रोजगारमा दुबई पठाएको त्यहांबाट मेडिकल अनफीट भएपछि फरकायो ।

वितिय संस्थाका कर्मचारीहरुले कर्जा दिने बेला सम्पती र व्यवसाय हेर्दैन्न समुह बनाएर सुंई सुंई कर्जा दिन्छन एउटा किस्ता तर्न ढिलो भयो कि घरको ढोकाको माटो खन्छन लक्ष्मी वि क ले कार्यक्रम्मा गुनासो गरेकी थिईन ।

लक्ष्मी वि⋅ क⋅को भनाई लघुवित संस्थाहरुको चर्को ब्याजका कारण सुनवल वडा नं १२ मा मात्र करीब २ सय भन्दा बढी पिडित छन ।
लघुवित संस्थाहरुले जनताहरु संग चर्को ब्याज लिरहेको भन्दै लघुवित संस्थाहरुको विरुद्धमा पिडितहरुले चर्को अवाज र विरोध गर्नु आवश्य रहेको छ मानव अधिकार शान्ती समाजका कृष्ण नामी श्रेष्ठले कार्यक्रम्मा विरोध जनाएका थिए ।

सम्राजवादीहरुले वितिय संघ संस्थाका नाम्मा ठगी गरेका छन कार्यक्रम्मा बोल्दै लघुवित संघ संस्थाहरुले जनताहरु संग चर्को ब्याज लिईहेको कारण धेरैले घर छाडेर भागन बाध्य भएका छन ग्रामीण क्षेत्रका गरीब दलित विपन्नहरुलाई ठगी गरिरहेको छ त्यसको विरुद्धमा चर्को अवाज उठाउने छौ र कानुनको सहारा लिएर अदाल सम्म जान्छौ नेकपा माओबादी केन्द्रका प्रदेश सदस्य बिबि खरालले पत्रकार सम्मेलन कार्यक्रम्मा बोलेका थिए ।

१ लाखको महिनाको १० हजार ब्याज लिएको छ १ वर्षको ऋण दिएर १५ वर्षको पेन्सन बचतसमुह बचत र बाल बचत भनेर मासिक थप २ हजार बचत गर्न लगाएको छ त्यस पछि बचत हुन्छ यसरी तल्लो स्तरका गरीब दलित विपन्नहरु संग २१ प्रतिशत र ३६ प्रतिशत सम्मको ब्याज लघुवितहरुले असुली गरेको छ यसरी आर्थिक समृद्धि हुनु भन्दा भुमिहिन मात्र नभई घरबारबाट पनि जनताहरु बिहिन हुन्छन बिबि खरालले बताए ।

उनले भने लघुवितहरुको विरुद्धमा सचेत नागरीकहरुले पनि लाग्नु पर्छ लघुवितका मालीकहरुले स्वदेशमा आम्दनी देखिन्छ भनेर विदेश तिर पैसा राख्न लागेका छन त्यही लघुवितबाट ब्यपारीहरुले १० प्रतिशत ब्याजमा पाउने र ग्रामिण क्षेत्रका किसान गरीब जनताहरुलाई १८ प्रतिशतमा ब्याजमा ऋण दिएका छन लघुवित पिडितहरुले ऋण तिरन नसकेर अब आत्म हत्या गर्न बाध्य भएका छन सरकारले पिडितहरुको ऋण माफ गर्नु पर्छ कार्यक्रम्मा विरोध जनाएका थिए ।



सम्बन्धित
Loading...