अखिल नेपाल राष्ट्रिय शिक्षक सँगठन दाङको जिल्ला अधिबेशन
ईश्वरी प्रसाद गैरे
दाङ । अखिल नेपाल राष्ट्रिय शिक्षक सँगठन दाङको जिल्ला अधिबेशन अाज घाेराहीमा सम्पन्न भएकाे छ ।
सङ्गठनका जिल्ला संयाेजक ईश्वरी प्रसाद पाण्डे को अध्यक्षतामा भएकाे अधिवेशनकाे उद्घाटन प्रमुख अतिथि देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सचिबायल सदस्य हिरामणी दुखी ले मैनबत्ती बालेर गर्नुभएको थियाे ।
अधिवेशनकाे उद्घाटन गर्दै प्रमुख अतिथि दुखीले शिक्षकहरु राष्ट्र निर्माणकाे जनशक्ति उत्पादन गर्ने महत्त्वपूर्ण स्राेत भएकोले अाफ्नाे पेशाप्रति ईमान्दारिताका साथ लाग्नु पर्छ भन्नुभयो ।
उहाँले बर्तमान राष्ट्रिय राजनीतिको चर्चा गर्दै शिक्षकहरूले परिस्थितिकाे ठोस बिस्लेशन गरेर समाजलाई अगाडि डो-याउनुपर्ने कुरामा जोड दिनुहुदै प्रथम अधिबेशनको सफलताको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा अतिथि को अासनबमट बोल्दै थारु राष्ट्रिय मुक्ति मोर्चाका महासचिव राम जि थारूले समाज रुपान्तरण कार्यमा शिक्षकहरुको महत्त्वपूर्ण भुमिका रहने भएकोले शिक्षकहरूले भविष्यका कर्णधार विद्यार्थीहरुलाई अाैपचारिक शिक्षाका साथै सच्चा नागरिक बनाउन भुमिका खेल्नु पर्ने बताउनु भयाे ।
साे अधिवेशनलाई अखिल नेपाल महिला सघँ( क्रान्तिकारी ) का केन्द्रीय सदस्य शुसिला अाचार्य, देशभक्त जनगणतान्त्रिक मोर्चा दाङका अध्यक्ष नरेन्द्र बन्जाडे , राप्ती ईन्जिनियरिङ कलेजकन शिक्षक मधुसूदन वैद्य लगाएतका बक्ताहरुले शुभकामना दिनु भएको थियो ।
सङ्गठनका सचिव र कोषाध्यक्ष ले सङ्गठनिक तथा अार्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएकोमा सभाले पास गरेको छ ।
कार्यक्रममा स्वागत मन्तब्य शुसिला घिमिरे बाट शुरु भएको कार्यक्रम सञ्चालन रमा घिमिरेले गर्नुभएको थियो । अधिबेशनले दुई जना पछि थपगर्ने गरि ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
जसमा अध्यक्षमा ईश्वरी प्रसाद पाण्डे, सचिवमा शुसिला घिमिरे, कोषाध्यक्षमा रमा पोख्रेल र सदस्यहरुमा उदय राज भण्डारी, गिता शर्मा, लिला घर्ती, खगेश्वर भण्डारी रहनु भएको छ ।