साताैं नवलपुर महाेत्सव कावासाेतीमा शुरू – फोटो फिचर

कावासाेती । कावासोतीमा आजदेखि सातौं नवलपुर महोत्सव शुरू भएकाे छ। महोत्सवको उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरेका छन् ।
महाेत्सवकाे उद्घाटन गर्दै उपाध्यक्ष ढकालले नेपालकाे अर्थतन्त्र बिस्तारै सुधार उन्मुख भएकाे बताएका छन् ।
उनले भने रेमिट्यान्स बढेकाे छ, बैंकमा निक्षेप संकलन हुने क्रम बिस्तारै बढ्न थालेकाे छ त्यसैले नेपालमा अब याे भन्दा खराब अार्थिक स्थिति आउदैन । उनले बैंकले अब बिस्तारै ब्याज दर घटाउने पनि दावी गरे ।
उनले नवलपुरकाे धाैवादी फलाम खानी सञ्चालनकाे जिम्मा सरकारले निजी क्षेत्रलाई दिनु पर्नेमा जाेड दिए।
महोत्सवको उद्घाटन पूर्व कावासाेतीकाे फलफूल चोकदेखि विपी चोक, कुमारवर्ती क्याम्पस चोक, सभापति चोक हुँदै, फलफूल चोकबाट महोत्सव स्थलसम्म शोभा कलशयात्रा निकालिएकाे थियाे । र्यालीमा नेवार, थारू, तमाङ्ग, गुरूङ सामुदायले आ-आफ्नाे जातीय भेषभुषा सहितकाे नाचहरू प्रस्तुत गरेका थिए । महाेत्सव फाल्गुन १३ गते सम्म चल्ने छ ।
कावासोती ८ टुबोर्ग मैदानमा हुने महोत्सवमा रत्यौली प्रतियोगिता, नवलपुर डान्स आइडल, स्थानीय कला संस्कृतिको प्रदर्शनी लगायतका कार्यक्रमहरु रहने छ।
त्यसैगरी महोत्सवमा जिल्ला स्तरीय कृषि प्रदर्शनी तथा प्रतियोगिता, मावि स्तरीय विज्ञान प्रदर्शनी तथा प्रतियोगिता, टिकटिक प्रतियोगिता, एक पालिका एक कृषि उत्पादन, एक पालिका एक व्यापारिक स्टल लगायतका कार्यक्रमहरु पनि राखिएको नवलपुर उद्योग वाणिज्य संघका महासचिव सागर पोख्रेलले बताए।
११ दिन चल्ने महोत्सवमा राष्ट्रिय, स्थानीय स्तरका कलाकारहरुको प्रदर्शनीदेखि बाल उद्यन, व्यापारिक स्टल, कृषि स्टल लगायतका स्टलहरु रहकाे आयोजकले जनाएको छ।
आर्थिक मन्दी उकास्न महोत्सवले सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ। महाेत्सव उद्घाटन कार्यक्रममा गण्डकी प्रदेश सभाका पूर्व सांसद विष्णु लामिछाने, कावासाेती नगरपालिकाका प्रमुख विष्णु भुसाल लगायतले शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रम नवलपुर उद्याेग वाणिज्य संघका अध्यक्ष वैकुण्ठ अर्यालकाे अध्यक्षतामा भएकाे थियाे ।















































































