नवलपुरका लघु वित्त पीडित महिलाहरु आन्दोलित, लघुवित्तबाट महिला हिंसा बढेको गुनासो (फोटो फिचर र भिडियो सहित)


रामकुमार श्रेष्ठ –



नवलपरासी । गृहणी महिलाको आम्दानीको स्रोत बढ्ने, श्रीमानको कमाइमा आश्रित हुनु नपर्ने, आफ्नो कमाई भएपछि पारिवारिक हिंसा अन्त्य हुने भन्दै लघुवित्तीय संस्थाबाट ऋण लिएका महिलाहरु अहिले लघुवित्त संस्थाबाट हिंसामा पर्न थालेका छन् ।

उनीहरुले ऋण तिन नसकेपछि लघु वित्तका सञ्चालक र कर्मचारीहरुले ज्यान मार्नेसम्मको धम्की दिने गरेको पीडित महिलाहरुले गुनासो गरेको छ ।
शुरुको समय जतिबेला नेपालमा लघुवित्त संस्थाहरु गाउँगाउँमा महिला लघु उद्यमी बढाउने भन्दै टोलटोलका महिला समूह बनाएर गाउँमा पसे त्यति बेला उनीहरुले महिला उद्यमीहरुलाई लघु उद्यमी बनाउने सपना बाड्न थाले । सपना बाडे, ऋण बाडे तर लघु उद्यमी बन्ने तरिका भने सिकाएनन् ।




आर्थिक रुपमा पिल्सिएका महिलाहरु धेरथोरै आफ्नै कमाइ हुने भए पछि नुनतेल तरकारी किन्न श्रीमान, सासु ससुराको अगाडि हात पसार्न नपर्ने सपना देखे पछि उनीहरु लघु वित्तले बनाएको महिला समूहहरुमा सहभागी भए । शेयर खरिद गर्ने, मासिक बचत गरे र विस्तारै सानो सानो कर्जा लिएर घर खर्च चलाउनै पनि जान थाले ।

त्यो ऋण विस्तारै बढ्दै जाने थालेपछि गाउँमै अर्को लघु वित्तले खोलेको समूह तथा सहकारीले खोलेका समूहमा सहभागी हुन थाले र एउटाको ऋण तिर्न अर्कोमा ऋण लिने गर्न थाले, यसरी उनीहरु सहभागी भएका लघु वित्तको संख्या बढ्न थाल्यो । लघुवित्तको संख्या बढेसँगै ऋण लिने क्रम पनि बढ्न थाल्यो । ऋणको भार पनि थपिदैं गयो । कोभिड १९ को अगाडि अवस्थासम्म समान्य रहेको अवस्था अहिले विस्तारै आर्थिक मन्दी छाउन थाले पछि उनीहरुले ऋणको किस्ता तिर्न सरसापट पनि पाउन छाडे त्यस पछि शुरु भयो लघु वित्त र सहकारीका सञ्चालक र कर्मचारीको हिंसा । लघुवित्तीय संस्थाबाट आफूहरुलाई ज्यादती भएको भन्दै अहिले देश भर महिलाहरु आन्दोलित समेत भएका छन् ।

अहिले त्यो हिंसा चरम उत्कर्समा पुगेको छ । कतिपय महिलाहरुले उक्त हिंसा सहन नसकेर आत्महत्या सम्म गर्न थालेका छन् । लघु वित्त संस्थाका सञ्चालक र कर्मचारीको हिंसाकै कारण कतिपय महिलाहरुले आत्महत्या गरेको र कतिपय घरबार नै छाडेर पलायन हुनु परेको लघु वित्तीय संस्था पीडित संघर्ष समिति नवलपुरका संयोजक नर्मदा रानाभाटले बताइन् । उनले भनिन् – कतिपयले त ऋण तिर्न नसकेर मर ऋण मिनाहा हुन्छ समेत भन्ने गरेका छन् ।

त्यसो त लघु वित्तीय संस्था, सहकारी, बैंकहरुमा ऋणीको निधन भएको खण्डमा ऋण मिनाहा हुने प्रावधानका कारण पनि कतिपयले आत्महत्या गरेका छन् भने कतिपयलाई जबरजस्त आत्महत्या गर्न लगाउने गरेको उदाहरण पनि बाहिर आउन थालेको छ ।

नवलपुरकी गैडाकोट निवासी मध्यविन्दु नगरपालिका ८ पनौती निवासी माया दमाई पनि यस्तै नियती भोगेका छन् । आफूले लिएको ऋण तिर्न नसकेपछि उनका पढ्ने उमेरका ३ छोरा रोजगारीका लागि भारत पसेका छन् । उनी भन्छिन् – मैले ऋण तिर्न नसकेपछि मलाइ मर्न समेत लगाइएको छ भने छोरीलाई यौनधन्दामा लगाउन लगाइयो ।

कतिपय महिलालाई किस्ता रकमको केही रकम नपुग्दा दिनभर लघुवित्तीय संस्थाको कार्यालयमै कोठामा थुनेर राखेको अनुभव समेत पीडित महिलाहरुले सुनाए । गैडाकोटकी महिला दिलकुमारी गुरुङले एक पटक आफूले ६ हजार किस्ता तिर्नु परेको बेला १ हजार अपुग हुँदा दिनभर कार्यालयमा बन्दी बनाएर राखेको र पछि एक जना दिदी आएपछि मात्र जिम्मा लगाएर छाडेको बताइन् ।

देशमा आर्थिक संकट छाएपछि बैंक, वित्तिय संस्था आदिले ब्याजको दर बढाउँदा ऋणीहरु थप मारमा परेको छन् ।
यसैबीच नवलपुरका लघु वित्त पीडित महिलाहरुले कावासोतीमा र्याली निकालेका छन् । र्याली जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर धर्नामा परिणत भई कोण सभा गरी समापन भएको थियो ।



सम्बन्धित
Loading...