जुवातास खेलिरहेका १० जना पक्राउ

काठमाडौं –
काठमाडौं महानगरपालिका-४ धुम्बराही बस्ने काभ्रे पाँचखाल नगरपालिका-१ घर भएका ४३ वर्षीय धन बहादुर तामाङको लामा खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा धन बहादुरसमेत १० जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त महारागंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९४ हजार ५५ रुपैयाँ र १२ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।