रुपन्देहीमा १ युवकको हत्या, ३ जना पक्राउ





बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा मंगलबार राती एक युवाको हत्यामा संलग्न ३ युवालाई विहिबार प्रहरीले सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवलले घटना बारे जानकारी गराउँदै उनीहरुलाई सार्वजनिक गरेको हो ।

प्रकाउ पर्नेमा सैनामैना नगरपालिका-२ बस्ने शिशिर थारु, अघाँखाची घर भई सैनामैना-२ बस्ने ध्रुब बिसी र नवलपरासी बर्दघाट घर भई हाल सैनामैना बावरी होटलमा काम गर्ने सन्दिप भन्ने शेर बहादुर बोहोरालाई प्रहरीले प्रकाउ गरेको हो । उनीहरुलाई जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


मृतक युवाको भने हालसम्म पहिचान खुल्न बाँकी रहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताउनुभयो ।

आरोपितहरुको प्रारम्भिक बयान अनुसार ढुङ्गाले हानेर युवाको हत्या भएको थियो ।

घटनामा युवकको हत्या गरी लुकिछिपी बसेका उनीहरुलाई सैनामैनाका विभिन्न ठाउँबाट प्रहरीले नियत्रणमा लिएको थियो ।



सम्बन्धित
Loading...