बन्दीपुरमा गाडी दुर्घटना हुँदा १२ जना घाइते




तनहुँको बन्दीपुरमा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

शनिबार दिउँसो सवा ३ बजे बन्दीपुर गाउँपालिका-१ नाहालास्थित पृथ्वी राजमार्गमा दमौलीबाट डुम्रे जाँदै गरेको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनबहादुर खाणले जानकारी दिए।




बाग्मति प्रदेश ०६-००१ ज ००१७ नं.को फोर्स गाडी अचानक अनियन्त्रित भएर भित्तामा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटना हुँदा १२ जना घाइते भएका हुन्।

घाइतेमध्ये चार जनालाई पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पठाइएको छ। ७ जनालाई काठमाडौंस्थित ट्रमा अस्पतालमा पठाइएको हो।

चालक नवीन राईको तनहुँमै उपचार जारी छ।



सम्बन्धित
Loading...