नापी कार्यालय परासीका नापी सर्भेक्षक २० हजार घुस सहित पक्राउ


कावासोती । नापी कार्यालय, परासी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत नापी सर्भेक्षक छत्रबहादुर ठकुल्लालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले २० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको छ ।
आइतबार सेवाग्राहीसँग जग्गाको क्षेत्रफल मिलाईदिने भनी २० हजार घुस लिएको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलका प्रवक्त प्रदीपकुमार कोइरालाले जनाएका छन् ।
घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिइ गएको टोलीले निज नापी सर्भेक्षक छत्रबहादुर ठकुल्लालाई सेवाग्राहीबाट बीस हजार घुस बापतको रकम लिएको अवस्थामा उक्त घुस रकम सहित निजकै कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको कोइरालाले बताए ।

 



https://www.facebook.com/230660613749929/posts/1324133874402592/  

 



सम्बन्धित
Loading...