कावासोतीको मध्यविन्दु क्याम्पसमा अनेरास्ववियुका बागी उम्मेदवार सभापतिमा विजयी


कावासोती । एमाले निकट अनेरास्ववियुको पकट रहेको पूर्वी नवलपरासीको कावासोतीमा मध्यविन्दु क्याम्पसमा अनेरास्ववियुका बागी उम्मेदवार सभापतिमा विजयी भएका छन् ।



अनेरास्ववियुका केन्द्रिय अध्यक्षले कारवाही गरेका वागी उम्मेदवार केशव भुसाल स्ववियु सभापतिमा विजयी भएका हुन् । अन्य बाँकी पदमा अनेरास्ववियुको प्यानल विजयी भएको छ ।

भुसालले सभापतिमा २ सय ६४ मत प्राप्त गरे भने नेविसंघका खिमालाल कंडेलले २१५ र अनेरास्ववियुका आधिकारिक उम्मेदवार दशरथ सुवेदीले १२३ मत मात्र प्राप्त गरे ।




त्यसैगरी राजन पौडेल विजयी भएका छन् । उनले ३ सय १३ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी आयुष ढकालले २४७ मत प्राप्त गरे । त्यसैगरी कोषाध्यक्षमा यामकला पौडेल विजयी भएका छन् ।

सदस्यहरुमा सुशान्त पोख्रेल, विक्रम पाण्डे, प्रज्जवल भुजेल, चिरञ्जीवि राना, बर्षा सुवेदी, सविता पाण्डे, मञ्जु काफ्ले विजयी भएका छन् ।



सम्बन्धित
Loading...