थारु कल्याणकारिणी सभा नवलपुरको सभापतिमा रामप्रसाद




रामकुमार श्रेष्ठ —

नवलपुर । थारु कल्याण कारिणी सभा नवलपुरको सभापतिमा रामप्रसाद महतो निर्विरोध निर्वाचित भएका छन् । सभापति पदका लागि ५ जनाको उम्मेदवारी परेकोमा लामो समयको छलफल पछि रामप्रसाद महतो निर्विरोध निर्वाचित भएका हुन् ।




थारु कल्याण कारिणी सभा नवलपुरको छैठौं जिल्ला अधिवशेनले महतोको नेतृत्वमा १५ सदस्यीय नयाँ समिति चयन गरेको छ ।

जसको उपसभातिमा नन्दकुमारी गुरौं, चुरामणि महतो, मोतिराम थनेत, सचिवमा दुर्गेश चौधरी, सहसचिवमा खेमराज महतो र कोषाध्यक्षमा झनकराम महतो निर्विरोध निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक नरेश चौधरीले बताए ।

त्यसैगरी सदस्यहरुमा सुमित्रा महतो, ज्ञानेन्द्रलाला थनेत, मानबहादुर थारु, चित्र कुमार महतो, मजन देवी महतो, हिरा मणि गुरौ, प्रेमकुमारी महतो र तिलकराम चौधरी निर्वाचित भएका छन् ।

त्यसैगरी लेखा संयोजकमा फन्सराम चौधरी, केन्द्रिय पार्षदहरुमा देवनारायण महतो, गणेशमान महतो, भोजबहादुर चौधरी र इन्द्रबहादुर महतो निर्विरोध निर्वाचित भएका हुन् ।



सम्बन्धित
Loading...