मिटर ब्याजी पीडित र लघुवित्त पीडितको आन्दोलनमा क्रान्तिकारी माओवादीको ऐक्यबद्धता




नवलपुर । जनआन्दोलन दिवसको अवसर पारेर नेकपा क्रान्तिकारी माओवादी नवलपुरले शुक्रबार कावासोतीमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

क्रान्तिकारी माओवादीका गण्डकी प्रदेश इन्चार्ज अशोक लम्साल अनुकुलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष रामकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।




कार्यक्रम जिल्ला सेक्रेटरी टिकाराम काफ्लेको अध्यक्षतामा भएको थियो ।

यसैबीच क्रान्तिकारी माओवादी नवलपुरको शुक्रबार नै बसेको वैठकले नेपालमा जारी मिटर ब्याजी पीडित र लघुवित्त पीडितहरुको आन्दोलनमा पार्टीले सघाउने निर्णय गरेको छ । त्यसैगरी पार्टीकै नेतृत्वमा आन्दोलनलाई अगाडि बढाउने निर्णय समेत गरेको छ ।



सम्बन्धित
Loading...