नवलपुरमा जुवातास खेलिरहेका ५ जना पक्राउ


रामकुमार श्रेष्ठ –



नवलपुर । ईलाका प्रहरी कार्यालय गैडाकाेटले गैडाकाेटमा जुवातास खेलिरहेका ५ जनालाई पक्राउ गरेकाे छ ।

मंगलबार साँझ ५ बजे तिर गैंडाकोट नगरपालिका ४ स्थित गैंडाकोट मिनीमार्टको हाताभित्र रहेको अमृता गुरुङले संचालन गरेको अमृता खाजा घरको कोठाभित्र तास खेलिरहेकाे ५ जनालाई पक्राउ गरेकाे हाे ।




पक्राउ पर्नेमा गैंडाकोट नगरपालिका -१ बस्ने बर्ष २४ को बिष्णु सापकोटा, गैंडाकोट नगरपालिका-८ बस्ने बर्ष ४२ को राजु लामा, गैंडाकोट नगरपालिका-१ बस्ने बर्ष ४३ को हरि भुजेल, गैंडाकोट नगरपालिका-१ बस्ने बर्ष ४७ को नागेश्वर तब्दार र चितवनकाे भरतपुर महानगरपालिका-२ बस्ने बर्ष ५४ को राधिका वान्तवा रहेका छन् ।

पैसाको हारजित हुने गरी जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरूलाई प्रक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्ताेष पाठकले बताए ।

उनीहरूकाे साथबाट जुवातास खेलिरहेको खालबाट ३ बुक तास र नगद ५३ हजार ३ सय रूपैयाँ बरामद गरेकाे छ ।



सम्बन्धित
Loading...