बैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ए अभियान

नवलपुर। बैशाख ६ र ७ गते सञ्चालन हुने भिटामिन ए र जुकाको औषधि खुवाउने अभियानमा सहयोग पुर्याउन स्वास्थ्य कार्यालय नवलपुरले आग्रह गरेको छ ।
जन्मेको ६ महिनादेखि ५९ महिना उमेरका सवै बालवालिकालाई खुवाईने भिटामिन ए र १२ महिनादेखि ५९ महिना उमेरका बालबालिकालाई दिईने जुका विरुद्धको औषधि अभियानमा सत प्रतिसत वालवालिकालाई सहभागी गराउन स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले अनुरोध गर्नुभएको छ ।
नवलपुर जिल्लामा यसवर्ष २७ हजार १४ बालवालिका भिटामिन ए औषधि खाने उमेरका वालवालिका र २६ हजार ३ सय ४ जुकाको औषधि सेवन गर्ने उमेरका बालवालिका रहेको स्वास्थय कार्यालयको तथ्याङ्क छ ।
यसअघि कार्तिक २ र ३ गते सञ्चालित अभियानमा २५ हजार ८ सय ९ बालबालिकाले भिटामिन ए प्राप्त गरेका थिए ।