वडाप्रबद्र्धन समितिद्वारा जीवन ज्योति माविका २५ जना विद्यार्थीलाई जुता वितरण
कावासोती । पूर्वी नवलपरासीको कावासोती ९ मा रहेको वडा प्रबद्र्धन प्रतिष्ठानद्वारा कावासोती ३ मा रहेको जीवन ज्योति माविका २५ जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई जुत्ता वितरण गरेको छ ।
वडा प्रबद्र्धन प्रतिष्ठानका अध्यक्ष पं. विष्णुप्रसाद पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा कावासोती ३ का वडा अध्यक्ष डोरमान गिरी, कार्यपालिका सदस्य रेश्मी परियार, विद्यालयका प्रधानाध्यापक सुमित्रा लम्साल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालयका विद्यार्थीहरुले जुत्ता पाउँदा खुसी व्यक्त गरेका थिए । वडाप्रबद्र्धन प्रतिष्ठानले कावासोतीमा विभिन्न संघसंस्थालाइ सहयोग गर्दै आएको छ ।


