विद्यालयमा राजनीति, अध्यक्षका आकांक्षी धेरै हुँदा सदस्य मनोनयनमा समस्या

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १० मगरकोटमा रहेको जनता माविमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदका आकांक्षीहरु धेरै हुँदा विद्यालय व्यवस्थापन समिति गठनमा समस्या भएको छ ।

तत्कालिन अध्यक्ष नारायण तिमिल्सिनाको कार्यकाल सकिएपछि गत फाल्गुन २५ गतेको भेलाले विद्यालय व्यवस्थापन समिति गठनका लागि प्रत्यक्ष तर्फबाट ४ जना सदस्य चयन गरेको छ ।

शिक्षा ऐन र कावासोती नगरपालिकाको शिक्षा कार्यविधि अनुसार कावासोती विद्यालय व्यवस्थापन समितिमा प्रत्यक्ष अभिभावकबाट २ महिला, २ पुरुष, शिक्षक प्रतिनिधि १ जना, प्रधानाध्यापक सदस्य सचिव, वडा प्रतिनिधि १ जना सहित पछि मनोनित गरेको १ जना महिला र १ जना पुरुष गरी ९ जनाको समिति बन्ने प्रावधान रहेको छ ।

मनोनित गर्नु पर्ने २ वटा सदस्यमा अध्यक्ष पदका आकांक्षीहरु बढी भएपछि मनोनयनमा समस्या भएको विद्यालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार अध्यक्षका लागि नेकपा एमालेबाट निवर्तमान अध्यक्ष नारायण तिमिल्सिना, सीता पंगेनी र नेपाली काँग्रेसबाट कृष्ण अधिकारी आकांक्षी रहेका छन् । अध्यक्ष पदका आकांक्षी ३ जना नै प्रत्यक्ष अभिभावक भने होइनन् ।

विद्यालयका प्रधानाध्यापक मनोजकुमार श्रेष्ठले समितिलाई पूर्णता दिन पटक पटक प्रयास थालिएको भए पनि सार्थकता पाउन सकेको छैन ।

कावासोती नगरपालिकाको शिक्षा कार्यविधि अनुसार समितिका प्रत्यक्ष निर्वाचित सदस्य ४, वडा प्रतिनिधि र मनोनित सदस्य २ मध्ये कुनै १ लाई नगरपालिकाले अध्यक्षको रुपमा चयन गर्ने प्रावधान रहेको छ ।

त्यसैगरी कावासोती ३ मा रहेको शहिद स्मृति प्राविमा पनि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पद टुंगो लगाउन बाँकी रहेको कावासोती नगरपालिकाको शिक्षा शाखाका राजन पाण्डेले बताए ।
त्यसैगरी शिवमाविमा पनि अध्यक्ष पद टुंगिन नसकेपछि तत्कालका लागि वडा अध्यक्षलाई नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हेर्ने गरी जिम्मेवारी दिइएको पाण्डेले बताए ।

कावासोती नगरपालिका ४० वटा समुदायिक विद्यालय रहेका छन् । अहिले नगरपालिकाले सदस्यहरुबाट अध्यक्ष तोक्ने गरी प्रावधान ल्याएर अभिभावकहरुलाई अध्यक्ष चयनबाट बन्चित गरेपछि विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष बन्नका लागि काँग्रेस र एमालेबीच खिचातानि हुने गरेको छ । अहिले कावासोतीका अधिकांश विद्यालयका अध्यक्ष विद्यालयका प्रत्यक्ष अभिभावक नरहेकाको हाली मुहाली रहेको छ ।

सम्बन्धित
Loading...