कावासोतीको कालिका मा.वि.मा विद्यार्थीको नेतृत्व चयन गर्न निर्वाचन


नवलपुर –



स्थानिय निर्बाचन समाप्त भएको ठिक १ वर्ष भयो सो निर्बाचनको झल्को दिने गरि नवलपरासी पूर्व स्थित कालिका मावि, कावासोती ५ मा विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न समितिहरु गठन गर्ने क्रममा एकै पदमा आकांक्षीहरु धेरै भएपछि समिति गठन प्रक्रिया निर्वाचनको माध्यमबाट टुंग्याइएको छ । यसले स्थानीय निर्वाचन कै झल्को दिएको अतिरिक्त क्रियाकलापका संयोजक टिकाराम आचार्य बताए ।

विद्यालयमा रहेको युवा रेडक्रस समिति (यु.रे.स.), बाल क्लब, बाल भित्तेपत्रिका समिति तथा स्वयंसेवक समितिका अध्यक्ष तथा संयोजक पदमा यो वर्ष पनि बिगतको बर्षमा झै धेरै जनाले आकांक्षा देखाएपछि निर्वाचन नै गर्नु परेको विद्यालयका सूचना अधिकारी श्री सुरज कुमार भुजेलले बताए । निर्वाचन प्रयोजनका लागि कक्षा ४ देखि १० सम्मका २२५ जना विद्यार्थीहरु मतदाता रहेका थिए। विद्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि इच्छुक विद्यार्थीहरुले आफ्नो नाम मनोनयन दर्ता गराएका थिए । त्यसपछि उमेद्वार विद्यार्थीहरुलाई प्रचारप्रसारको लागि एक दिन समय दिइएको थियो ।




विद्यार्थीहरु आफ्नो प्रतिवद्धतासहित मत मागिरहेका थिए। सूचना अधिकारी भुजेलकाअनुसार मतपत्रमा उमेदवारको नाम राखिएको थियो र सोही नाममा स्वस्तिक छाप लगाउनुपर्ने थियो सोहीअनुसार लगाएका थिए । उहाँले भन्नुभयो, ‘मतदान गर्ने तरिका हामी शिक्षकहरुले सबैलाई लाइनमा राखेर एकैपटक सिकाएका थियौं । सोहीअनुसार विद्यार्थीहरुले मतदान गरेका थिए। सबैभन्दा राम्रो पक्ष मत एउटा पनि बदर देखिएन । निर्वाचन मण्डलको संयोजकको रुपमा शिक्षक रेशम बहादुर थापा हुनुहुन्थ्यो भने मतदान अधिकृतको रुपमा विद्यालयका सहायक प्र.अ. श्री बिष्णु प्रसाद अधिकारी रहनुभएको थियो ।

यु.रे.स.को अध्यक्षको लागि ७ जना चुनावी मैदानमा उत्रिएका थिए जसमा कक्षा ९ का विद्यार्थी खुम बहादुर कानुङ १०० मत ल्याई विजयी भए । बालक्लब अध्यक्षको लागि कक्षा ८ का सृजन पाठक बालभित्तेपत्रिका निर्माण समितिका संयोजकमा राजु कुमाल कक्षा ९, त्यसैगरी स्वयंसेवक संयोजकमा कक्षा ९ का मन बहादुर कानुङ बिजयी भएका थिए । सबैलाई आइतबार बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको प्र. अ. श्री लेखराज पोख्रेलले जानकारी दिनुभयो ।



सम्बन्धित
Loading...